फाइल तस्वीर

काठमाडौं – अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को विषयमा छलफल गरी संसदबाट अनुमोदन गर्न भोलिको संसद् बैठकमा टेबल गर्ने भनी बसेको पाँचदलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक बिना निष्कर्ष सकिएको छ ।

नेपाली काङ्ग्रेस र अन्यदल आ–आफ्नो अडानमा रहेपछि भोलि शुक्रबार बिहान ९ बजे पुन छलफलमा बस्ने सहमति सहित बैठक टुङ्गिएको हो । बैठकमा नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा जनता समाजवादी पार्टीका नेताहरूको सहभागीता थियो ।

प्रतिनिधिसभाको बैठक भोलि बस्दै छ । सरकारले भोलि शुक्रबार दिउँसो १ बजे बस्ने बैठकमा एमसीसी सम्झौता टेबल गर्ने तयारी गरेको छ । तर, संसद् सचिवालयले निकालेको सम्भावित कार्यसूचीमा भने एमसीसी सम्झौताबारे केही उल्लेख गरिएको छैन । सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश गर्ने कुरा मात्रै उल्लेख गरिएको छ ।

त्यसअघि कार्यव्यवस्था समितिको बैठक बोलाइएको छ । बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको छ ।