प्रतिकात्मक तस्वीर
काठमाडौं – बसको ठक्करबाट बालाजुमा दुई जना पैदलयात्रीको मृत्यु भएको छ । आज बिहान ६ बजे बालाजुको गङ्गा हल अगाडिको सडकमा बसले ठक्करदिंदा सक्त घाइते भएका उनीहरुको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बसको ठक्करबाट एक महिला र एक पुरुषको मृत्यु भएको हो ।

बसको ठक्करबाट मृत्युहुने पुरुष रसुवाका १८ वर्षीय विकास तामाङ भएको खुलेको छ भने मृत्यु हुने करिब ५०/५२ वर्षीया महिलाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएकोे छ । उनीहरु दुवैको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । उनीहरूलाई ठक्कर दिएर बससहित चालक फरार भएको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।