काठमाडौं – सरकारले विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण नयाँ शैक्षिकसत्रको पठनपाठन आगामी जेठ १ गतेदेखि मात्रै सुरु गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सूचना जारी गर्दै माघ महिनाभर कोभिड–१९ का कारण सबै विद्यालय बन्द रहेकाले ०७८ को बाँकी रहेको पठनपाठन चैत महिनाभरि सकाउने, वैशाखमा एसईईलगायत विद्यालयले लिने सबै कक्षाका परीक्षा सकाउने र नयाँ शैक्षिकसत्रका लागि नयाँ भर्ना वैशाख महिनामै सुरु गर्न भनिएको छ ।