फाइल तस्वीर


काठमाडौं – अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) पास गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै छ । हिजो बुधबारै प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबल गर्न तयार हुनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रको निर्णय पछि केही पछाडी हट्नु भएको थियो ।

आज दिउँसो ३ बजे बस्न लागेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले एमसीसी अनुमोदनका बारेमा सहसाझेदार दलसँग निर्णायक छलफल गर्न लाग्नुभएको छ । पाँचदलीय गठबन्धनमा रहेका दलहरुले नै एमसीसीको विरोध जनाएपछि प्रधानमन्त्री देउवा अप्ठ्यारोमा पर्नुभएको छ । यस विषयमा आज बस्ने गठबन्धनको बैठकमा विस्तृत छलफल भएपश्चात् मात्रै भोलि बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबल गर्ने नगर्ने टुङ्गो लाग्नेछ ।