काठमाडौं – भन्सार विभागले भन्सार एजेन्टको लिखित परीक्षाको लागि परीक्षा केन्द्र सार्वजनिक गरेको छ । यही फागुन २८ गते हुने परीक्षाका लागि काठमाडौंका ४५ स्थानमा परीक्षा केन्द्र तोकिएको हो ।

२०७७ साल चैत १७ गते भन्सार एजेन्टको इजाजतपत्रका लागि दरखास्त आवेदन माग गरिएको थियो । ६ सय ६० पदका लागि साढे ९ हजारले आवेदन दिएको भन्सार विभागले जनाएको छ ।

आवेदन दिएका १८ जनाको दोस्रो रोल नम्बरसहितको आवेदन फारम अस्वीकृत गरेर पहिलो रोल नम्बर कायम गरिएको विभागले जनाएको छ । ती परीक्षार्थीलाई पहिलो रोल नम्बर कायम भएको प्रवेशपत्र लिएर परीक्षामा सहभागी हुन समेत विभागले आग्रह गरेको छ ।

हेर्नुहोस् परीक्षा केन्द्र तालिका :