काठमाडौं – स्थानीय तहको निर्वाचनको लागि निर्वाचन आयोगले आजदेखि दल दर्ता आह्वान गरेको छ । आयोगले वि.सं २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि अनजबाट दल दर्ता आह्वान गरेको हो ।

वैशाख ३० मा हुने निर्वाचनको लागि गत माघ २८ गते नै कार्यतालिका स्वीकृत गरेको छ । आज फागुन ५ तगेदेखि फागुन १५ गतेसम्म कार्यालय समयभित्र आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सकिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

सरकारले वैशाख ३० गते एकै चरणमा स्थानीय निकायको निर्वाचन गर्ने घोषणा गरेको थियो । स्थानीय तहको मितिविरुद्ध सर्वोच्चमा रिट परेको थियो र उक्त मुद्दा दरपीठ भएको थियो । तर सर्वोच्चले निर्वाचन मितिविरूद्ध परेको रिट दर्ता गर्न हिजो बुधबार आदेश दिएको थियो । सोही अनुरुप निर्वाचन आयोगले आजदेखि दल दर्ता आह्वान गरेको हो ।