काठमाडौं – आज बसेको प्रतिनिधिसभाको बैठक एमाले सांसदहरुद्वारा अवरुद्ध भएपछि आगामी शुक्रबार सम्मका लागि स्थगित भएको छ । आज बसेको बैठकमा एमाले सांसदहरुले नारावाजी गर्दै बैठक अवरुद्ध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले आगामी बुधबार दिउँसो १ बजेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित भएको जानकारी दिनुभएको हो ।

बैठक सुरु भएलगत्तै एमाले सांसदहरूले नाराबाजी गरेका थिए । उनीहरूको नाराबाजीकैबीच पनि सभामुख सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराउनुभएको थियो ।

सभामुख सापकोटाले ‘आजको बैठक प्रारम्भ हुन्छ’ भनेलगत्तै एमाले सांसदहरू रोस्ट्रम अगाडि उभिएर नाराबाजी गरेका थिए । नाराबाजी रोकेर बैठक चल्ने वातावरण बनाउन सभामुख सापकोटाले पटक पटक आग्रह गरे पनि एमाले सांसदहरू नरोकिएपछि बैठकलाई कार्यसूचीमा प्रवेश गराउनुभएको थियो ।