काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को संसदीय दलको बैठक बस्दैछ । माओवादी केन्द्रको संसदीय दलको बैठक बिहान १० बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्न लागेको हो ।

आजै दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । त्यसअघि माओवादीले समसामयिक राजनीतिक विषयमा सांसदलाई जानकारी गराउने र संसदीय दलको बैठकमा एमसीसीबारे निर्णय लिने उद्देश्यले बैठक बोलाएको स्रोतले बताएको छ ।

प्रतिनिधिसभाको बैठकमा सरकारले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँग भएको सम्झौता अनुमोदनका लागि पेश गर्ने तयारी गरेको छ । यसअघि हिजो बसेको नेपाली काङ्ग्रेस संसदीय दलको बैठकले एमसीसीको पक्षमा मतदान गर्ने र अन्य दलहरूलाई पनि पक्षमा उभिन आग्रह गर्ने निर्णय गरेको थियो ।