काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ । आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ । त्यसअघि आज बिहानै परामर्श समितिको बैठक बोलाइएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।


प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख सापकोटालाई कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन र कार्यसूचीमा एमसीसी समेट्न आग्रह गरेपछि सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको हो ।


नेपाली काङ्ग्रेस संसदीय दलको हिजो बसेको बैठकले आज बुधबारको बैठकमा एमसीसी टेबुल गराउने निर्णय गरेको थियो । कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसीसी समावेश नभएता पनि एमसीसीबारे छलफल हुने भएको छ ।