फाइल तस्वीर
काठमाडौं – प्रतिनिधिसभाको भोलि बस्ने बैठकमा एमालेले आफ्ना सबै सांसदहरुलाई उपस्थित हुन आह्वान गरेको छ । नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले भोलि बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा सबै सांसदलाई उपस्थित हुन आह्वान गर्नु भएको हो ।


उपनेता नेम्वाङले ‘सरकारसँग एमसीसीबारे हाम्रो कुरा भएको छैन । भोलिको संसदमा सबै सांसदलाई बोलाएका छौं’ भन्नुभएको छ । सरकारले भोलिको प्रतिनिधिसभा बैठकमा अमेरिकी सहायता मिलेनियन च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) पेश गर्ने तयारी गरेको छ ।


यसै विषयलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि बैठक बस्नुअघि सभामुख अग्निप्रसाद सापकोटालाई कार्य व्यवस्था समितिको बैठक बोलाउन निर्देशन दिनुभएको छ । कार्य व्यवस्था समितिमा छलफल भएपछिमात्रै एमसीसी संसद बैठकमा टेबुल हुनेछ ।