काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्ने भएको हो । बैठकमा विशेषगरी अमेरिकी सहयोग परियोजना एमसीसी संसद्मा अघि बढाउने विषयमा छलफल, संसदको गतिरोध, र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्तावमाथि छलफल हुने बताइएको छ ।

सोमबार सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएर संसदको गतिरोधबारे छलफल भएको थियो । यस्तै भोलि बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गराउने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी रहेको छ । त्यसका लागि देउवाले भोलिको संसद् बैठकमा सरकारले एमसीसीलाई अघि बढाउने र पारित गर्ने विषयमा संसदीय दलले निर्णय गर्ने बुझिएको छ ।

संसद्मा विचाराधीन विभिन्न विधेयकमा पार्टीले खेल्ने भूमिकालगायत विषयमा बैठकमा छलफल हुने बताइएको छ ।