काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा एमालेको संसदीय दलको बैठक बसेको हो ।

आइतबार साँझ बसेको एमाले केन्द्रीय सचिवालयको बैठकले महाअभियोगविरुद्ध संसदीय प्रतिवाद गर्ने निर्णय गरेको थियो । आजको बैठकले त्यसबारे रणनीति तय गर्ने नेकपा एमालेको संसदीय दलका नेताहरूले बताएका छन् ।