फाइल तस्वीर
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर बालकोटस्थित निवासमा बसेको हो । सचिवालय बैठकमा छलफलको मुख्य एजेण्डा सत्ता गठबन्धन दलले प्रधानन्यायाधी चोलेन्द्र शमशेर जबराविरुद्ध ल्याएको महाअभियोगको विषयमा केन्द्रीत रहेको स्रोत भनाइ छ ।


नेपाल बार एसोशिएसनले प्रधानन्यायाधीय चोलेन्द्र समशेर जबरा विरुद्ध कार्तिक ८ गतेदेखि सुरु भएको आन्दोलन अहिलेसम्म पनि जारी छ । प्रधानन्यायाधीश राणाका कारण सर्वोच्च अदालत ‘डेढलक’ को अवस्था रहेको छ । नेपाल बारका पदाधिकारीहरुले प्रधानन्यायाधीश राणालाई हटाउन राजनीतिक दलका शीर्ष नेताहरुलाई भेटेर आग्रह गरेका थिए । यसमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राणा सहित पाँच जना न्यायाधीशलाई हटाउनु पर्ने भनेर बारका पदाधिकारीहरुलाई ओठे जवाफ दिएर फर्काएका थिए ।


एमालेले प्रधानन्यायाधीश राणाको पक्षपोषण गर्दै आएको थियो । पूर्वसभामुख एवम् एमाले नेता सुवासचन्द्र नेम्वाङले यो घटना अप्रत्याशित र आफुहरुसँग कुनै छलफल नगरिएको प्रतिक्रिया दिएका छन् ।