काठमाडौं – सरकारले आजदेखि १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना भाइरस विरुद्धको बुस्टर डोज खोप दिने भएको छ । दोस्रो मात्रा खोप लगाएको ६ महिना पूरा भएका सबै नागरिकले आजदेखि बुस्टर डोज लिन पाउने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुस्टर डोजको रूपमा उपलब्धताका आधारमा कोभिसिल्ड, एस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप दिने निर्णय भएको छ ।

यसअघि सरकारले मिक्स म्याचको अवधारणाअनुसार बुस्टर डोजमा फरक–फरक खोप पनि दिएको थियो । कोरोना सङ्क्रमण भएका व्यक्तिहरूले भने सङ्क्रमणमुक्त भएको एक महिनापछि मात्रै बुस्टर डोज खोप लिन मन्त्रालयले अनुरोध गरेको छ ।