१७ असोज २०८१, बिहिबार
भर्खरै
★   वैकल्पिक ट्रयाक खोलेर मन्थली–काठमाडौँ आवागमन सुरु ★   नेपालको बिजुली पहिलोपटक तेस्रो मुलुक निर्यात हुने आज त्रिपक्षीय सम्झौता गरिंदै ★   टि–ट्वान्टी : क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा नेपालद्वारा ओमान पराजित ★   आश्विन शुक्ल प्रतिपदा: नेपालीको महान् पर्व बडादशैं सुरु, आज घटस्थापना ★   महिला सहभागिता मात्रै होइन, नेतृत्व तहमासमेत जोड दिनुपर्छ : सञ्चार सचिव अर्याल ★   काङ्ग्रेसको कृषि तथा किसान विभागमा सदस्य मनोनीत ★   मधेस प्रदेश सरकारले बाढीपहिरो पीडितलाई एक लाख दिने ★   गृहमन्त्री लेखकद्वारा यातायात सहजरुपमा सञ्चालन गर्न यातायात व्यवसायीसँग छलफल ★   उपराष्ट्रपति यादवद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पारिश्रमिक सहयोग जम्मा गर्ने घोषणा ★   स्वास्थ्यमन्त्री पौडेलद्वारा सङ्क्रमण रोकथामका उपाय पहिल्याउनका लागि सर्वपक्षीय छलफल ★   बागमती प्रदेशसभाको अधिवेशन आज रातिदेखि अन्त्य ★   संविधानमा लेखिएका महिला अधिकारका विषय पूर्णरूपमा कार्यान्वयन गरौँ : सञ्चारमन्त्री गुरुङ ★   प्रस्तावित प्रधानन्यायाधीशलाई सांसदको प्रश्न : न्याय महँगो छ, गरिबले कसरी न्याय पाउँछन् ? ★   प्रधानन्यायाधीशमा राउतको नाम अनुमोन ★   काङ्ग्रेसका भ्रातृ संस्थाका महाधिवेशन गर्न तीन निर्देशन समिति गठन ★   राष्ट्रपति पौडेलले एक महिनाको तलव दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्नुहुने ★   सरकारले डिजिटल सार्वजनिक पूर्वाधार निर्माण गर्ने लक्ष्य लिएको छ : सञ्चारमन्त्री गुरुङ ★   पर्वका लागि छुट मूल्यमा चामल बिक्री सुरु ★   अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज ★   हेलिकप्टर दुर्घटना हुदाँ तीन जनाको मृत्यु

धर्मनिरपेक्ष, समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुनु जनयुद्धकै योगदान होः प्रचण्ड

फाइल तस्वीर
काठमाडौं– नेपालमा तात्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले सशस्त्र युद्ध सुरुगरेको दिन आज । सोही अवसरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तनका लागि लडेका सबै शक्तिहरु एक हुन आग्रह गर्दै जनयुद्ध र जनआन्दोलनबाट प्राप्त भएका उपलब्धी र परिवर्तनलाई अझै सुदृढ र समृद्ध गर्न आवश्यक रहेको बताउनु भएको छ ।

अध्यक्ष प्रचण्डले सत्ताइसौं ‘जनयुद्ध’ दिवसको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै छरिएर रहेका माओवादी घटकहरुलाई देशको अगाडि आइपरेको समस्यालाई आत्मसात् गर्दै एकतावद्ध हुन आग्रह गर्नुभएको छ । अध्यक्ष प्रचण्डद्वारा जारी गरिएको विज्ञप्तिमा ‘यस ऐतिहासिक सन्दर्भमा माओवादी जनयुद्धमा सहभागी भएका र माओवादी पहिचान बनेका विभाजित माओवादी नेता तथा कार्यकर्ता तथा शान्ति र संविधानको बाटोमा सहकार्य गर्दै आएका सम्पूर्ण शक्तिहरुमा जनयुद्धका उपलब्धि एवं सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र शान्ति सम्झौताको मर्म र भावना अनुसार अगाडि बढ्न विशेष अनुरोध गर्दछु’, प्रचण्डले शुभकामना सन्देशमा भनेका छन्, ‘छरिएर रहेका माओवादी घटकहरुलाई देशको अगाडि आइपरेको समस्यालाई आत्मसात गर्दै एकताबद्ध हुन आग्रह गर्दछु । परिवर्तनका लागि लडेका शक्तिहरु एक भए वर्तमान परिवर्तनलाई अझै सुदृढ र समृद्ध गर्न सकिने विश्वास व्यक्त गर्दछु’ भनिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालको इतिहासमा ‘जनयुद्ध’को भूमिका दूरगामी महत्व रहेको र अहिले पनि सान्दर्भिक रहेको उल्लेख गर्दै ‘नेपाली राजनैतिक र सामाजिक परिवर्तनको इतिहासमा पनि यो मुक्तियुद्धका रुपमा स्थापित भइसकेको छ’ भन्नुभएको छ । विज्ञप्तिमा ‘जनयुद्धको जगमा सम्पन्न भएको ०६२÷६३ को संयुक्त जनआन्दोलनपश्चात् मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रुपमा संस्थागत भएको छ । संविधानसभामार्फत नयाँ संविधान निर्माण हुनु र संविधानले मुलुकलाई सङ्घीय गणतन्त्रात्मक शासन प्रणालीका साथै धर्मनिरपेक्ष, समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिनु पनि जनयुद्धकै योगदान थियो भन्ने कुरामा दुईमत हुनै सक्दैन’ भनि उल्लेख गरिएको छ ।

देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरु जनताको बलिदानबाट प्राप्त परिवर्तनलाई उल्ट्याउन र परिवर्तनको नेतृत्व नेता र पार्टीलाई बदनाम गर्न अहिले पनि लागिरहेका छन् भन्दै अध्यक्ष प्रचण्डले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता र शुभेच्छुक÷शुभचिन्तक आम जनसमुदायलाई एकताबद्ध भएर सबैखाले प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नका लागि अगाडि बढ्न विज्ञप्तिमार्फत् आह्वान समेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्