काठमाडौं – आज आइतबार देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सोमबार पनि मौसम सामान्यतया सफा रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबार भने देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सामान्यतया सफा रहने सम्भावना रहेको छ ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको छ । प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । तराईका केही भू–भागमा हुस्सु कुहिरो रहेको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।