काठमाडौं – मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार १ सय २८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा १७ हजार ४ सय ४७ जनाको पीसीआर विधि ३ हजार ५ सय ४२ जनाको एन्टिजेन विधिबाट कोरोना भाइरस सङ्क्रमण भए नभएको परीक्षण गर्दा १ हजार १ सय २८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

सोही अवधिमा उपचारको कोरोना सङ्क्रमणबाट १४ जनाको मृत्यु भएको छ । यो सङ्ख्यासँगै हालसम्म नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ८ सय ७८ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी शुक्रबार २ हजार २ सय १५ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएको मन्त्रालयले जनाएको छ । हाल देशभर २७ हजार ४ सय ४१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैगरी काठमाडौं उपत्यकामा ३ सय २९ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा २ सय ३ जना, ललितपुरमा ४५ जना र भक्तपुरमा १७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।