साङ्केतिक तस्वीर
तलसीपुर – दाङको तुलसीपुरस्थित एक पसलमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ । तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ता चप्पल पसलमा आगलागी हुँदा निस्सासिएर पाँच जनाको मृत्यु हुन गएको हो ।

दाङस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्याम अर्यालका अनुसार मृतक पाँचै जना कोठा भाडामा लिएर बसेका थिए । प्रहरी नायव उपरीक्षक अर्यालले बताए अनुसार मृत्यु हुनेमा एक महिला र चार जना पुरुष रहेको र उनीहरुको शव निकालेर पोष्टमार्टमका लागि अस्पताल लगिएको छ । प्रहरी कार्यालयका अनुसार उक्त पसलमा राति करिब दुई बजेदेखि आगो लागेको थियो । आगलागी भएका कारण उनीहरुको निस्सासिएर बेहोस भै कोठा भाडामा लिएर बसेकाहरुको मृत्यु भएको प्रारम्भिक विवरण आएको छ।’

आगो नियन्त्रणमा लिन तुलसीपुर उपमहागनरपालिकाको दमकल, घोराही उपमहानगरपालिकाको दमकल, जनपद प्रहरी, सशस्त्र प्रहरी, नेपाल सेना, स्थानीयवासी परिचालन भएका छन् । उक्त पसलमा विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ । पसलमा के कति क्षति भएको छ भन्ने यकिन विवरण आउन बाँकी छ ।