भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाख ९ गते शुक्रबारदेखि हुने गरी तालिका प्रकाशित गरेको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

बोर्डले जनाएअनुसार कोरोना भाइरसको सङ्क्रमण महामारीका कारण पढाई प्रभावित भएकाले बोर्डले नियमित समयभन्दा एक महिना ढिलो परीक्षा हुने भएको बताएको छ । वैशाख ९ गतेदेखि परीक्षा सञ्चालन गर्न लागेको बोर्डले जनाएको छ । यस वर्षको एसईईमा पाँच लाख १० हजार परीक्षार्थी सहभागी हुने बोर्डले जनाएको छ ।

बोर्डले वैशाख ९ देखि २० गतेसम्मका लागि परीक्षाको तालिका ल्याएको छ । ११ दिन सञ्चालन हुने एसईईमा पहिलो दिन अङ्ग्रेजी र अन्तिममा प्राविधिक विषयको परीक्षा हुने छ ।