काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसको कार्यसम्पादन समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्दै छ । हिजो बुधबार बसेको पार्टी पदाधिकारीहरुको बैठकले कार्यसम्पादन समितिको बैठकका एजेन्डालाई अन्तिम रूप दिए पछि कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो ।


पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार आज बस्ने कार्यसम्पादन समितिको बैठकबाट म्याद गुज्रेका भ्रातृ संस्थाहरूबारे आवश्यक निर्णय हुनेछ । स्थानीय तह निर्वाचनमा कसरी सशक्त रूपमा प्रस्तुत हुने, कोभिडका कारण सरेको १६ जिल्लाका अधिवेशनलाई कसरी अघि बढाउने, भ्रातृ संस्थालाई कसरी पूर्णता दिने र गतिशील बनाउने भन्ने विषयमा कार्यसम्पादन समितिका सदस्यहरुले हिजोको बैठकमा आ–आफ्ना धारणा राखेका थिए । यसकै आधारमा आजक बस्ने कार्यसम्पादन समितिको बैठकले निर्णय गर्ने प्रवक्ता डा. महतले बताएका छन् ।