काठमाडौं – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली काङ्ग्रेसको पदाधिकारी बैठकले भोलि बिहीबार बस्ने कार्यसम्पादन समितिको बैठकका एजेन्डालाई अन्तिम रूप दिएको छ । आज बसेको पदाधिकारी बैठकले गरेको निर्णय बारे जानकारी गराउँदै प्रवक्ता डा. महतले ‘भोलिको कार्यसम्पादन समितिको मिटिङका विषयमा ब्रिफिङ ग¥यौं । हामी पदाधिकारी साथीहरूले छलफल गरेर निकालेका निष्कर्ष ब्रिफिङ गनैकै लागि हामी सबै पदाधिकारी साथिहरू यहाँ आएका हौं’ भन्नुभयो ।

हिजो मङ्गलबार पार्टी कार्यालय सानेपामा सभापतिबाहेकका पदाधिकारीहरुको बैठक बसेको थियो । ‘स्थानीय तह निर्वाचनमा कसरी सशक्त रूपमा प्रस्तुत हुने, १६ जिल्लाका अधिवेशन कोभिडका कारण सरेको छ, अब त्यसलाई कसरी अघि बढाउने, भ्रातृ संस्थालाई कसरी पूर्णता दिने र गतिशील बनाउने विषयमा पदाधिकारीहरूबीच भएको छ भन्दै प्रवक्ता महतले ‘यी विषयमा कार्यसम्पादन समितिका साथीहरूले आफ्ना कुराहरू राख्नुहुनेछ । त्यसकै आधारमा निर्णय हुन्छ’ भन्नुभएको छ । भोलि बिहिबार पार्टी कार्यालय सानेपामा काङ्ग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दैछ ।