काठमाडौं – यस वर्षको माध्यमिक परीक्षा (एसईई) वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको एसईई वैशाख ९ गते शुक्रबारदेखि २० गते मङ्गलबारसम्म हुने भएको हो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीले नेपालमा लगातार २०७६ र २०७७ साल गरी दुई वर्षसम्म एसईई हुन नसक्दा विद्यालयको आन्तरिक मूल्याङ्कन र नेपाल सरकारले बनाएको कार्यविधिको आधारमा राष्ट्रिय परीक्षा बोर्डले प्रमाणित गरी परीक्षाफल प्रकाशित गर्दै आएको थियो ।