फाइल तस्वीर
काठमाडौं – मन्त्रिपरिषद् बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले डाक्नु भएको सोमबार बस्न लागेको मन्त्रिपरिषदको बैठकले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने बताइएको छ ।


वर्तमान स्थानीय तहको पदावधि सहिनुभन्दा कम्तिमा पनि १२० दिनमा नयाँ कार्यकालको लागि निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ । सोही अनुरुप सरकारले स्थानीय तहको निर्वाचनको मिति आज बस्ने बैठकले निर्णय गर्ने बताइएको छ । निर्वाचन आयोगले आगामी २०७९ जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्नेगरी मिति तोक्न सरकारलाई सुझाएको थियो ।


पाँच दलीय सत्तागठबन्धन दलका शीर्ष नेताहरुबीच तीनै तहको निर्वाचन एकैसाथ गर्ने भन्ने विषयमा पनि एकहप्ता अघि छलफल भएको थियो । तर संवैधानिक व्यवस्था अनुसार स्थानीय तहको निर्वाचनको मिति तत्काल गर्नु पर्ने भएकाले आज बस्ने मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति सम्बन्धमा निर्णय गर्ने बताएको छ । स्थानीय तहको निर्वाचनको मिति तोक्ने विषयमा प्रधानमन्त्री देउवाले सत्तागठबन्धन दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आइतबार बालुवाटारमा भएको भेटमा अब बस्ने मन्त्रिपरिषदको बैठकबाट निर्णय गर्ने जानकारी गराउनु भएको थियो ।