कोरोना भाइरसको सङ्क्रमणले विश्वलाई नै त्राइमाम बनाइरहेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोराना भाइरसबाट बच्न विभिन्न उपायहरुको खोजी गर्नेक्रममा कोरोना भाइरसविरुद्ध भेरोसिल, सिनोफार्म, कोभिसिल्ड, एस्ट्राजेनिका, फाइजर मोर्डेना, जोन्सन एण्ड जोन्सन आदि जे जस्ता खोपहरु उत्पादन भै प्रयोगमा आएका छन्, ती सबै खोपले गर्ने काम एउटै हो । यो राम्रो, यो नराम्रो भन्ने होइन । कुनैपनि खोपले मानिसको रोग प्रतिरोधात्मक क्षमता बढाउने हो । खोप लगाउँदैमा कोरोना भाइरसको सङ्क्रमण नलाग्ने भन्ने होइन । सङ्क्रमण भएपनि ज्यानै जानेसम्मको खतरा भने ज्यादै न्यून रहन्छ । यद्यपि, कोरोना भाइरसविरुद्धको खोपले दीर्घरोगीहरुको प्रतिरोधात्मक क्षमता बढाउने हुँदा मृत्युहुने दर कम हुन्छ । अहिले हामी भ्याक्सिनको तेस्रो चरणमा छौं । यसै सन्दर्भमा नवसञ्चार अनलाइनले डा. सुरज घिमिरेसँग गरेको कुराकानीको केही अंश यहाँ राखिएको छ ।

भिडियो हेर्नका लागि तल दिइएको लिङ्कमा क्लिक गर्नुहोला ।