फाइल तस्वीर
काठमाडौं – नेपाली काङ्ग्रेसका नेता डा. प्रकाशशरण महत पार्टीको प्रवक्तामा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री समेत रहनुभएका नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको प्रवक्तामा डा. महतलाई नियुक्त गर्नुभएको हो ।

काङ्ग्रेस मुख्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार डा.महतलाई सभापति देउवाले आज पार्टीको प्रवक्तामा नियुक्त गर्नुभएको हो । गत मङ्सिरमा सम्पन्न पार्टीको १४ औं महाधिवेशनमा महामन्त्रीको प्रत्यासी बन्नुभएका डा. महत पराजित भए पछि सभापति देउवजाले उहाँलाई केन्द्रीय सदस्यमा मनोनित गर्नु भएको थियो । डा. महत सभापति कोइरालाका विश्वास पात्र हुनुहुन्छ ।