काठमाडौं – कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले भोलिदेखि जोरबिजोर हटाउन सरकारलाई सिफारिस गरेको छ । आज आइतबार बसेको सीसीएमसीको बैठकले उपत्यकामा लागू गरिएको जोरबिजोर प्रणाली भोलि सोमबारदेखि हटाउन गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

यस्तै, बैठकले शैक्षिक संस्था १ फागुनबाट खोल्न दिन पनि सिफारिस गर्ने निर्णय गरेको छ । स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालयमा भौतिक रूपमै पढाइ सुरु गर्न सकिने सीसीएमसीको निष्कर्ष छ ।

यसअघि सरकारले कोरोना भाइरसको सङक्रमण बढेको भन्दै शैक्षिक संस्था, सिनेमा हल, रात्रिकालीन होटल व्यवसाय,रोधी, दोहोरी साँझ, लगायतका क्षेत्र बन्द गर्नुका साथै यातायातमा समेत जोरबिजोर लागू गरी माघ महिनाभर बन्द गर्ने निर्णय गरेको थियो ।