काठमाडौं – कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले रात्रिकालीन व्यवसाय राति १० बजेसम्म सञ्चालनका गर्नका लागि अनुमति दिएको छ ।

डान्स बार, दोहोरी, नाचघर, क्लब, सिनेमा हल, जिम खाना, स्विमिङ पुल तथा फुटसल १ फागुनबाट राति १० बजेसम्म चलाउन सीसीएमसीले सिफारिस गरेको हो ।