काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) यथास्थितिमा स्वीकार गर्न नसकिने बताउनुभएको छ ।

एमसीसी अनुमोदनका लागि समय माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवासँग मिलेर लेखेको पत्र सार्वजनिक भएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड दवाबमा पर्नुभएको छ । तर यो पत्र सार्वजनिक भएका कारण माओवादीको दृष्टिकोण र अडान फरक नपर्ने भन्दै श्रेष्ठले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘पार्टी दृढ छ, यथास्थितिमा यो सम्झौता स्वीकार गर्न र संसदीय अनुमोदन प्रक्रिया अघि बढाउन मिल्दैन, सकिँदैन ।’