फाइल तस्वीर
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता हुने भएको छ । काङ्ग्रेस सभापति समेत रहनुभएका प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी), स्थानीय निर्वाचन र संसदको गतिरोध हटाउने विषयमा छलफल हुने बताइएको छ । आजको भेटको लागि प्रधानमन्त्री देउवाले एमालेका अध्यक्ष ओलीलाई बोलाउनु भएको हो ।

प्रधानमन्त्री देउवासँग छलफल गर्न अध्यक्ष ओली पार्टी महासचिव शङ्कर पोखरेललाई लिएर बालुवाटार जाँदै हुनुहुन्छ । बालुवाटार स्रोतका अनुसार छलफलमा प्रधानमन्त्री देउवाले सत्ता गठबन्धन दलको एक सदस्य नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि बोलाइएको छ ।