बुटवल – स्कारपियो र मोटरसाइकल एक आपसमा ठक्कर लाग्दा बुटवलमा एक जनाको मृत्यु भएको छ । शनिबार राति करिब १२ बजे पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल उपमहानगरपालिका–२ तिनाउ पुलमापूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा१९च ९१५७ नम्बरको स्कार्पियोले विपरीत दिशाबाट आउँदै गरेको लु२४प २७५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

स्कारपियोको ठक्करबाट मोटरसाइकलका चालक अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१ का ३० वर्षीय बासु आचार्यको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते आचार्यको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।