काठमाडौं – आज देशभरको मौसममा आंशिक बदलीदेखि सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । तराईका भू–भागका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । बिहानीपख चिसो बढे पनि दिउँसो पारिलो घाम लाग्ने सम्भावना रहेको मौसमविद्को भनाई छ ।

केही दिनको वर्षाका कारण आकाश खुल्ने हुँदा बिहानीपख चिसो बढ्ने सक्ने सम्भावना छ । आज दिउँसो पारिलो घाम लाग्ने सम्भावना छ तर बिहान चिसो बढ्न सक्छ । मौसमविद्का अनुसार, लगातारको वर्षाले आकाश खुला हुँदा तापक्रम घटेर चिसो धेरै महसुस हुने सम्भावना रहन्छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ । आज राति प्रदेश १ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने र देशका बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।

विगत केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम शनिबार अपरान्हपछि क्रमिक सुधार हुँदै भएको मौसमविद्ले जानकारी दिएका छन् । तर केही दिनमा फेरि अर्काे मौसमी प्रणाली विकसित हुने सम्भावना पनि रहेको छ । आजदेखि दुई–तीन दिन मौसममा सुधार हुने र बुधबार बिहीबारदेखि पुनः अर्को मौसमी प्रणाली विकसित हुने सम्भावना देखिएको जल तथा मोसम विज्ञान विभागले जनाएको छ ।