प्युठान – प्युठानमा जिप दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । शनिबार बिहान ३ बजे नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको जिप दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुखका अनुसार ग १ ज ५०९२ नम्बरको जिप ओखरपाटास्थित करिब १ सय ५० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो । मृतकको पहिचान खुल्न सकेको छैन । बेहुलासहित ५ जना घाइते छन् । घाइतेलाई थप उपचारका लागि बुटवल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।