प्रतीकात्मक तस्वीर

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–९, बीसकिलोमा टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ भने सह–चालक घाइते भएका छन् । धुनिबेशी–८, भदौरेका ३२ वर्षीय राजकुमार श्रेष्ठको मृत्यु भएको हो ।

काठमाडौंबाट खानीखोलातर्फ जाँदै गरेको बा४ख ११६२ नम्बरको टिपर आज बिहान करिब पौने ३ बजे अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो ।

घाइते भएका सह–चालक काठमाडौंका २० वर्षीय सविन कुँवरलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।