काठमाडौं – काठमाडौंको चन्द्रागिरिमा फेरि पनि हिमपात भएको छ । हिउँले चन्द्रागिरि रिसोर्ट, केबलकार, भालेश्वर मन्दिर लगायतका क्षेत्र सेताम्य भएका छन् ।

यो वर्ष चन्द्रागिरि डाँडामा हिउँ परेको दोस्रो पटक हो । यसअघि गत पुस दोस्रो साता चन्द्रागिरिमा हिमपात भएको थियो । पश्चिमी न्यून चापीय प्रणाली देशभर सक्रिय भएकाले अहिले हिमाली र उच्च पहाडी भेगमा हिमपात भइरहेको छ । अन्य धेरै स्थानमा वर्षा भएको छ ।

आइतबारदेखि मात्रै मौसममा सुधार हुने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ ।