काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच स्थानीय तह निर्वाचन, एमसीसी र सत्ता गठबन्धनका विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुबीच बुधबार बेलुका स्थानीय तह निर्वाचन, एमसीसी र सत्ता गठबन्धनलगायत विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

सो छलफलमा प्रधानमन्त्री देउवाले संविधानको रक्षा र प्रतिगमनविरुद्ध बनेको सत्तारुढ गठबन्धन कुनै पनि हालतमा टुट्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । रासस