काठमाडौं – सरकारले स्थानीय निकायको निर्वाचनको तयारी सुरु गरेको छ । यसै विषयलाई आज बुधबार गृह मन्त्रालयमा स्थानीय निकायको निर्वाचन र वर्तमान अवस्थालाई मध्यनजर गरी केन्द्रीय सुरक्षा समितिको बैठक बसेको हो ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणसमक्ष चारवटै सुरक्षा निकायका प्रमुखहरुले स्थानीय निकायको निर्वाचन र वर्तमान अवस्थाका बारेमा ब्रिफिङ गर्नुभएको थियो ।

निर्वाचन आयोगले सरकार समक्ष आगामी जेठ ४ गते एकै चरणमा स्थानीय निकायको निर्वाचन सम्पन्न गर्न प्रस्ताव गरेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगबीच आगामी जेठ ४ गते स्थानीय निर्वाचन सम्पन्न गर्ने समझदारी भएको थियो ।