काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ७० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । काठमाडौंमा ८ सय ६८जना , भक्तपुरमा ८५ जना र ललितपुरमा १ सय १७ जना गरी एक हजार ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
हाल नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ६९ हजार २९१ रहेको छ । पछिल्लो साता देशभरको औसत सङ्क्रमणदर ३३ दशमलव ९ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।