काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तामाङ समुदायको पर्व सोनाम ल्होछारको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज बुधबार एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई शुभकामना व्यक्त गर्नुभएको हो ।

यस पर्वले सबै नेपालीमा सुख, शान्ति र समृद्धि पथमा लम्किरहन प्रेरणा मिलोस् भन्ने अध्यक्ष प्रचण्डले कामना गर्नुभएको छ । अध्यक्ष प्रचण्डले विभिन्न समुदायका यस्ता प्रकारका सांस्कृतिक पर्वहरुले नेपालीहरुबीच आपसी हार्दिकता र सामाजिक सहिष्णुताको विकास भई राष्ट्रिय अखण्डता र ऐक्यवद्धतामा सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ

संविधानले सुनिश्चित गरेको समावेशीता र समानुपातिकतालाई मजबुत गरी समाजवादी लक्ष्य हासिल गर्न र राष्ट्रिय भावनाको विकास गर्न पनि समुदायको सचेततापूर्वक खबरदारी आवश्यक रहेको शुभकामा सन्देशमा उल्लेख गरिएको छ ।

शुभकामना सन्देशमा भनिएको छ,‘स्वाधीन र आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि राष्ट्रियता र देशभक्ति भावना जागृत गर्न सबै नेपालीमा आव्हान गर्दै सु–स्वास्थ्य र दीर्घायुको शुभेच्छासहित सोनाम ल्होछारको पुनः एकपटक हार्दिक शुभकामना व्यक्त गर्दछु ।’