काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेको केन्द्रीय सचिवालयको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बस्ने बताइएको छ ।

बैठकमा स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माण, विभागहरू गठन, प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशनलगायत विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

सरकार र निर्वाचन आयोगबीच जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटेसँगै एमालेले तयारीका विषयमा छलफल गर्न लागेको हो । त्यस्तै कोभिड–१९ का कारण कतिपय जिल्ला अधिवेशन रोकिएका छन् भने प्रदेश अधिवेशन पनि सारिएको छ । यस विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।