काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले बैशाख दोस्रो साता माध्यामिक शिक्षा परीक्षा (एसईई) गराउने गरी तयारी थालेको छ । एसईई परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीका अनुसार आगामी शुक्रबारसम्ममा बोर्डले तालिका सार्वजनिक गर्नेछ । 

एसईईका लागि बोर्डले गत वर्षको प्रश्नपत्र प्रयोग नगर्ने भएको छ । एसईईमा पुरानै प्रश्नपत्र प्रयोग गर्ने कि नयाँ छाप्ने भन्ने विवाद भइरहेको बेला नयाँ प्रश्नपत्र छाप्ने निर्णय गरिएको बताइएको छ ।

गतवर्ष अन्तिम समयमा पुगेर परीक्षा स्थगित भएपछि प्रश्नपत्र सुरक्षित राखिएको थियो । यसवर्ष माध्यामिक शिक्षा परीक्षा (एसईई) दिने करिब ५ लाख ५० हजार विद्यार्थी रहेका छन् । उनीहरुका लागि सहज वातावरणमा आगामी बैशाख दोस्रो साता एसईई गराउने गरी तयारी थालेको छ ।