काठमाडौं – सरकारले भोलि बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोनाम ल्होसारको अवसरमा सरकारले भोलि १९ गते विदा दिने निर्णय गरेको हो ।
गृह मन्त्रालयले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै भोलि बुधबार सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो । मन्त्रालयका अनुसार माघ १९ गते बुधबार देशभरका सबै सरकारी कार्यालय र सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय भएको छ ।