काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का नेता डा.दुमनसिंह थापाको निधन भएको छ । अर्घाखाँची जिल्लाबाट पहिलो संविधानसभामा निर्वाचित थापाको काठमाडौंको चावहिल स्थित ह्याम्स अस्पतालमा आइतबार साँझ निधन भएको हो ।

केही समयअघि मात्रै उहाँको मिर्गौला प्रत्यारोपण भएको थियो । एमाले विभाजनपछि उहाँ नेकपा एकीकृत समाजवादीको केन्द्रीय निर्वाचन आयोगका सदस्य रहनु भएको थियो ।

थापा मेगा बैंकका संस्थापक तथा पूर्वसञ्चालक पनि हुनुहुन्थ्यो ।