फाइल तस्वीर ।
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) स्थायी कमिटी सदस्यका शेरबहादुर तामाङले आफुहरु स्थानीय तहको निर्वाचन सार्ने पक्षमा नरहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै एमाले नेता तामाङले तत्काल निर्वाचनको मिति घोषणा गर्न सरकारको ध्यानाकर्षण गरेका छन् ।


स्थानीय तहको निर्वाचन वैशाख मसान्तभित्रै हुनुपर्ने भन्दै एमाले नेता तामाङले ‘स्थानीय तहको निर्वाचन सार्ने पक्षमा हामी छैनौं । वैशाखभित्रै निर्वाचन गर्नुपर्छ । छिटोभन्दा छिटो निर्वाचनको मिति सार्वजनिक गर्नुपर्छ’ भनेका छन् ।

पाँचदलीय गठबन्धनको सरकारले ऐन संशोधन भनेर निर्वाचन सार्ने बहाना मात्रै खोजिएको आरोप लगाएका छन् । नेता तामाङले संविधानको धारा २२५ र निर्वाचन ऐन नबाझिने जिकिर समेत गरेका छन् । उनले भने‘ कुनै पनि बहानामा निर्वाचन सारेर जेठमा पु¥याउन हुँदैन । अझै तयारी गर्न प्रशस्त समय भएकाले वैशाखमा नै निर्वाचन गर्न सकिन्छ ।’