प्रतीकात्मक तस्वीर

काठमाडौं – काठमाडौंको गोकर्णेश्वर नगरपालिका–९, शिवपुर चोकमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । भारतको बिहार घर भई हाल गोकर्णेश्वर नगरपालिका–९, अत्तरखेल बस्ने ३८ वर्षीय वीरेन्द्र महतोको मृत्यु भएको हो ।

बा६५प ५३५२ नम्बरको स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका महतोको उपचारका क्रममा अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा मृत्यु भएको प्रहरी वृत्त बौद्धले जनाएको छ ।

हिजो बेलुका करिब सवा ७ बजे भएको दुर्घटनामा संलग्न स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।