काठमाडौं – सत्तारुढ दल गठबन्धनको बैठक सुरु भएको छ । स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल गर्न गठबन्धनका शीर्ष नेताहरुको बैठक पुनः बसेको हो । यसअघि नेताहरुले आज शनिबार बिहान पनि छलफल गरेका थिए ।

अहिले साँझ सुरु भएको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेता सहभागी छन् ।

शनिबार विहान निर्वाचनको मितिबारे भएको छलफल निष्कर्षमा नपुगेपछि दलहरु आन्तरिक छलफल गरेर पुनः सामूहिक छलफलमा जुटेका हुन् ।