काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउने गरी कानुनी व्यवस्था गर्न लागेको बताउनुभएको छ । सरकारले विद्यालय तह, प्राविधिक शिक्षालय र उच्च शिक्षाको छुट्टाछुट्टै कानुन बनाउन लागेको उल्लेख गर्दै राज्यमन्त्री श्रेष्ठले ती कानुनहरू बनेपछि शिक्षा क्षेत्रमा लगानी गर्ने वातावरण अझ बढी बन्ने बताउनुभएको हो ।

शनिबार काठमाडौंको सानो भ¥याङस्थित स्वस्ती श्री गुरुकुल विद्यालयले आयोजना गरेको एक कार्यक्रमलाई भर्चुअल माध्यामबाट सम्बोधन गर्दै श्रेष्ठले शिक्षा र स्वास्थ्य क्षेत्रमा सबैको पहुँच पु¥याउने काममा सरकार लागि परेको बताउनुभयो ।

‘अब सङ्घीय कानुन बनिसकेपछि तीन वटा कानुन बन्दैछ । एउटा स्कुल लेबलको कानुन । टेक्निकल शिक्षाको कानुन र उच्च शिक्षाको काननु बन्छ,’ श्रेष्ठले भन्नुभयो, ’त्यो बनिसकेपछि शिक्षा क्षेत्रमा लगानी गर्ने वातावरण अझ बढी बन्छ । त्यो कुराको अपेक्षा गरौँ । यस कुरामा म तपाईंहरूलाई आश्वस्त पनि गराउन चाहन्छु ।’ श्रेष्ठले शिक्षा क्षेत्रको विकासमा अझ सक्रियताका साथ लाग्न निजी क्षेत्रका लगानीकर्ताहरूलाई आह्वान गर्नुभएको छ ।