काठमाडौं – काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा लगााइएको जोरबिजोर प्रणाली आजबाट हटेको छ । सार्वजनिक यातायातका सवारी साधनमा जोरबिजोर हटाइए पनि निजी सवारी साधन र ट्याक्सीमा भने जोरबिजोर प्रणाली कायमै राखिएको छ । उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आज शनिबारदेखि लागू हुने गरी नयाँ आदेश जारी गरेका हुन् ।

कोरोना महामारी नियन्त्रण र रोकथामका लागि भन्दै स्मार्ट लकडाउनसम्बन्धी कार्यविधिअनुसार प्रशासनले नयाँ आदेश जारी गरेको छ । विश्वविद्यालय, विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन नगर्ने आदेशलाई माघ मसान्तसम्म लम्ब्याइएको छ ।

निजी सवारी साधान (दुई पांग्रेसहित) ट्याक्सीमा भने जोरबिजोर प्रणाली यथावत छ । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख अधिकारीहरुको शुक्रबार बसेको बैठकले अत्यावश्यक र तोकिएका सवारी साधनमा भने जोरबिजोर लागु नगर्ने निर्णय गरेको छ । सवारी सञ्चालन गर्दा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन । लामो दूरीमा चल्ने सवारी साधानले बीच बाटोमा यात्रु चढाउन पाउने छैनन् । 
 
औषधि एवं स्वास्थ्य सामग्री बोकेका, एम्बुलेन्स, दमकल, शव वाहन, ग्यास, पेट्रोलियम पदार्थ बोकेका सवारी साधनमा  ( जोरबिजोर प्रणाली लागु हुने छैन । खाद्यान्न दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, पानी, अण्डा, माछामासु, पशुपक्षी, दाना, एवं कृषि तथा पशुजन्य सामग्री बोक्ने सवारीसाधान सञ्चालन गर्न पाइने छ ।


कोरोना भाइरसको सङ्क्रमणदर बढेको भन्दै ७ माघदेखि उपत्यकामा अत्यावश्यक सेवाबाहेकका सवारीसाधनमा जोर–बिजोर प्रणाली कायम गरिएको थियो ।पुस अन्तिम साताबाट बन्द रहेका विद्यालय, कलेज, विश्वविद्यालय र शैक्षिक प्रतिष्ठान माघ मसान्तसम्म नखुल्ने भएका छन् । यसअघि १५ माघसम्मका लागि भौतिक उपस्थितिमा पठनपाठन बन्द गरिएकोमा कोभिड– १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी)को सिफारिसमा माघ मसान्तसम्मका लागि रोक लगाइएको हो ।

No photo description available.
No photo description available.
No photo description available.
No photo description available.
No photo description available.