काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । पार्टीको आज बसेको केन्द्रीय समितिको भर्चुअल बैठकले ३५ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको हो । बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठन सम्बन्धमा गर्नुभएको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको हो ।

कार्य सम्पादन समितिमा सभापति देउवासहित १३ जना पदाधिकारी रहेका छन् । साथै वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता डा.शेखर कोइरालासहित पूर्वपदाधिकारीलाई पनि कार्यसम्पादन समितिमा समेटिएको छ भने केही वरिष्ठ केन्द्रीय सदस्यहरू पनि कार्यसम्पादन समितिमा परेका छन् । पार्टीको विधानले पदाधिकारी र प्रवक्ता कार्यसम्पादन समितिमा स्वतः रहने व्यवस्था गरेको छ । पार्टी सभापति देउवाले पदाधिकारीहरुमध्ये कोषाध्यक्ष र प्रवक्ताको मनोनयन गर्न बाँकी रहेको छ ।

ती बाहेक कार्यसम्पादन समितिमा ३१ जना केन्द्रीय सदस्य रहने व्यवस्था छ । कुल ४६ मध्ये सभापति देउवाले अहिले ३५ जनालाई समेट्नु भएको छ । बाँकी ११ जना पछि मनोनयन गरिने बताइएको छ । बैठकमा महामन्त्री गगन थापाले कार्यसम्पादन समितिको नाम पढेर सुनाउनुभएको थियो ।

काङ्ग्रेसको कार्यसम्पादन समितिको सूची

१) शेरबहादुर देउवा – सभापति

२) रामचन्द्र पौडेल – वरिष्ठ नेता

३) पूर्णबहादुर खड्का – उपसभापति

४) धनराज गुरुङ – उपसभापति

५) गगन थापा–महामन्त्री

६) विश्वप्रकाश शर्मा –महामन्त्री

७) फरमुल्लाह मन्सुर – सहमहामन्त्री

८) भीष्मराज आङदाम्बे – सहमहामन्त्री

९) उमाकान्त चौधरी– सहमहामन्त्री

१०) महेन्द्र यादव – सहमहामन्त्री

११) महालक्ष्मी उपाध्याय डिना – सहमहामन्त्री

१२) किशोरसिंह राठौंर– सहमहामन्त्री

१३) बद्री पाण्डे – सहमहामन्त्री

१४) जीवन परियार– सहमहामन्त्री

१५) गोपालमान श्रेष्ठ

१६) प्रकाशमान सिंह

१७) विमलेन्द्र निधि

१८) विजयकुमार गच्छदार

१९) कृष्णप्रसाद सिटौला

२०) डा.शशाङ्क कोइराला

२१) चित्रलेखा यादव

२२) डा.रामशरण महत

२३) अर्जुननरसिंह केसी

२४) डा.प्रकाशशरण महत

२५) सुनिलबहादुर थापा

२६) डा.शेखर कोइराला

२७) बलबहादुर केसी

२८) बालकृष्ण खाण

२९) ज्ञानेन्द्रबहादुर कार्की

३०) उमा रेग्मी

३१) रमेश रिजाल

३२) डा.नारायण खड्का

३३) जीपछिरिङ लामा

३४) एनपी साउद

३५) जीवनबहादुर शाही