काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसको पार्टी केन्द्रीय समितिको बैठक बस्नु अघि नै प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटी छलफल गर्नुभएको छ ।

स्थानीय तह निर्वाचनको मिति तोक्न पार्टीभित्र र बाहिरबाट चौतर्फी दवाब परिरहेको बेला प्रधानमन्त्री देउवाले गठबन्धनका दाहाल र नेपालसँग छलफल गर्नुभएको हो । दाहाल र नेपालले भने स्थानीय तहको निर्वाचन बैशाखमा नगर्न र स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गर्न प्रधानमन्त्री देउवालाई दवाब दिंदै आउनुभएको छ ।