काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी आज शुक्रबार दिउँसो ३ बजे भर्चुअल माध्यमबाट बस्न लागेको जानकारी दिनुभएको हो ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठनको कार्यसूची रहेको बताइएको छ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई सहभागिताका लागि निर्देशन अनुसार अनुरोध गरिएको छ । भर्चुअल बैठकको लिङ्क एसएमएसमार्फत प्राप्त गर्न सकिने पनि काङ्ग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।